
उद्धव बिक
दोलखा, माघ २० । मासु खाने भनेर गोरु काट्दै गरेका एक युवा लाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दोलखाको जिरी नगरपालिका–३, काप्साका २४ वर्षीय मिङमा शेर्पा पक्राउ परेका हुन् ।
मासु खाने प्रयोजनका लागि गोरु काटेको सुचनाका आधारमा घटनास्थल पुगी उनलाई प्रमाण सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटना स्थलमा लुकाएर राखेको आलोमासु र भर्खर काटेको गोरुको खुट्टा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका शेर्पालाई दोलखा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् ।