काठमाडौँ । गत ८ महिनाअघि उनले धादिङ गजुरीकी स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको आरोप लागेका एकयुवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । विदेश भाग्न लागेका धादिङ गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
स्काभेटर चालकको रुपमा कार्यरत उनी सो घटनापछि फरार रहँदै आएका थिए । ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको बखत राति युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेका थिए ।
घटनायता फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ भाग्दै थिए । ब्यूरोले उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।