राप्रपा (संयुक्त)का नेताले पार्टी त्यागे, पार्टी पश्चगमनतर्फ उन्मुख भएको आरोप

दियोपोस्ट संवाददाता

काठमाडौँ । राप्रपा (संयुक्त) का उच्चस्तरीय कार्यासम्पादन समितिका सदस्य विष्णु विक्रम थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा पश्चगमनतर्फ उन्मुख हुन लागेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गरेर उनले लेखेको पत्रमा उच्चस्तरीय कार्यसम्पादन समितिका साथै केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिइएको उल्लेख छ ।

सिन्धुपाल्चोकका उनले विभिन्न राजनैतिक प्रतिकुलतामा समेत आफूलाई सहयोग गर्ने जिल्लाबासीलगायतका शुभेच्छुकलाई धन्यवाद दिँदै आफ्नो कारणले असहज महसुश भएको भए क्षमाप्राथी रहेको पनि बताएका छन् । यसैबीच उनी नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

सिफारिस