‘पासपोर्ट हरियो’ मार्फत उदाएकी गायिका अस्मिता चर्चाको शिखरमा, भिडियोले सबैको मन रुवायो ! ( भिडियाेसहित)

दियो पोस्ट  

काठमाडौँ । नव उदयीमान गायीका अस्मिता बुढाथोकी ‘पासपोर्ट हरियो’ गीत मार्फत चर्चाको शिखरमा उक्लिएकी छिन् । हालै सार्वजिनक भएको गीत ‘पासपोर्ट हरियोमा’ चर्चित गायक तथा सर्जक गणेश अधिकारी र बुढाथोकीको स्वर सुन्न सकिन्छ ।

नेपाली युवाहरु बिदेशिनु पर्ने बाध्यतालाई गीत तथा भिडियोमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । विहे गरि वैदेशिक रोजगारमा जाँदा श्रीमतीसंग छुट्न नसकेको अवस्थालाई भिडियो तथा गीतमा उजागर गरिएको छ । श्रीमान र श्रीमती विदा हुन नसकेको दयनिय अवस्था देख्न सकिन्छ ।

आफ्नो घर परिवार, आमा बुवालाई छाडेर बिदेशिने रहर कसैलाई हुँदैन । तर, हरियो पासपोर्ट बोकेर परदेश जानु पर्ने नेपाली युवाहरुको वाध्यता गीतमा देख्न सकिन्छ । बैदेशिक रोजगार कसैका लागि ‘रहर होइन वाध्यता’ हो भनेर गीतले झल्काउन खोजेको छ ।

गायक तथा सर्जक गणेश अधिकारी समाजको यथार्थ चित्रण गर्ने गायकका रुपमा चिनिदैँ आएका छन् । उनले समाजको कुरिती, कुसंस्कार, तथा बिसंगतीलाई समेत गीतमार्फत उजागर गर्दै आएका छन् । पछिल्लो समय ‘पासपोर्ट हरियो’ मार्फत चर्चा कमाउन सफल गायक अधिकारीले वैदेशिक रोजगारीको पिडालाई जस्ताको त्यस्तै गीतमार्फत प्रस्तुत गरेका छन् ।

यो गीत धेरै दर्शक तथा स्रोताकाे राेजाइमा पर्न सफल भएको छ । लोक गीतका पारखीहरुलाई यो गीतको भिडियो सार्वजनिक भएसंगै खुसी थपिएको छ । गीतमा अधिकारीकै लय तथा शब्द रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ । सारिका केसी र राजन विकको अभिनय रहेको गीतको भिडियो उत्कृष्ट भएका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएको छ ।

भिडियो हेर्नुहोस्

सिफारिस