पेस्तोल देखाएर लुटपाट गर्ने सिन्धुपाल्चोकका दिर्घ बहादुर तामाङ पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ २७ । प्रहरीले भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ८ गणेशबस्तीमा लुटपाट गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । गत माघ १० गते स्थानीय मनोहर बस्नेतको घरमा भाडामा बस्दै आएका राम बहादुर तामाङलाई केही ब्यक्तिहरुले पेस्तोल देखाएर लुटपाट गरि फरार भएका थिए । घटनाको १५ दिनपछि मात्र लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ११ कटुञ्जेका वाइबा भन्ने २५ बर्षीय दिर्घ बहादुर तामाङ रहेका छन् । उनले राम बहादुर तामाङको परिवारलाई पेस्तोल, खुकुरी तथा अन्य हतियार देखाई बोले कराएमा ज्यान मार्ने धम्की दिई १६ लाख ७ हजार ९ सय बराबरको धनमाल डाँका गरेका थिए । डाँका गर्ने समयमा परिवारका सदस्यहरुलाई एकै ठाउँमा राखि डोरीले हातखुट्टा बाँधी लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

तामाङलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को नयाँबस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरि महानगरिय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

सम्बन्धित खबर

सिफारिस