३४ वटा कछुवा सहित ललितपुरका डेबिट महर्जन पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ २८ । महानगरिय अपराध महशाखाले दुर्लभ बन्यजन्तु कछुवा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमोजका डेविट महर्जन रहेका छन् ।

दुर्लभ वन्यजन्तुको अवैध ओसारपसार र कारोबार भइरहेको भन्ने गोप्य सुचनाका आधारमा महानगरिय अपराध महाशाखाले प्रहरी अधिकारीहरु परिचालन गरेको थियो । प्रहरीले महर्जनलाई सोबार साँझ ५ बजेको समयमा पुल्चोक स्थित लाबिम मलबाट नियन्त्रणमा लिएको हो ।

महर्जनलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनको साथबाट ३४ वटा कछुवा बरामद गरिएको थियो । एक्वारियम थ्री इन वन मोर फङ्सन लेखिएको कागजको बट्टाभित्र कछुवा भेटिएको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यलय ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

सिफारिस