काठमाडौं । यसपटकको जनयुद्ध दिवस सत्तारुढ दल नेकपाको पार्टी कार्यलय धुम्वाराहीमा कार्यक्रम आयोजना गरि मनाइने भएको छ । जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।
तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बनेपछि गतसाल पहिलो पटक मनाइएको सो दिवसमा अध्यक्ष ओली सहभागी भएका थिएनन् । यो पटक भने उनी सहभागी हुने भएका हुन् ।
तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट शसस्त्र जनयुद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएको थियो । एकीकरणलगत्तै सो पार्टीले जनआन्दोलन र जनयुद्ध शब्दलाई मिलाएर दिवस मनाउने निर्णय गरेपनि अध्यक्ष ओली उपस्थित भएका थिएनन् । अहिले भने अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सो अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।
नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार योपटकको जनयुद्ध दिवस फागुन १ गते पार्टी कार्यालय धुम्बाराहीमा मनाउने तयारी गरिएको छ