दलित पत्रकारसंघको नवलपुर शाखा बिस्तार, अभिषेक राव अध्यक्षमा मनोनित

दियो पोस्ट  

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार संघ नेपालले नवलपरासी जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ । पत्रकार अभिषेक रावको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरिएको छ ।

संघको उपाध्यक्षमा लक्ष्मी हरिजन, सचिबमा रामकरण हरिजन, सहसचिवमा अमृता बिक, कोषाध्यक्षमा श्यामबन्दन हरिजन, सदस्यहरुमा पवन हरिजन, लक्ष्मी परियार, अजय हरिहन र रन्जित लोहार चयन भएका छन् । प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, प्रदेश नं. ५ का अध्यक्ष चिन्ता परियार, रामग्राम स्तुपाका अध्यक्ष शम्भु उपाध्याय, संघका प्रदेश सदस्य उमेश बिक, इन्दिरा बिक लगायतले नव निर्मित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

सिफारिस