२७ औँ प्रहरी महानिरिक्षकमा ठाकुर ज्ञवाली नियुक्त

दियो पोस्ट  

काठमाडौँ, माघ २८ । मन्त्रीपरिषदले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आइजिपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रीपरिषदको वैठकले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा नियुक्त गरेको हो ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटाले बताएका छन् ।

यसअघि प्रहरी महानिरिक्षकको पदमा रहेका सर्वेन्द्र खनालको ३० बर्षे सेवा अवधी समाप्त भएपछि नयाँ महानिरिक्षक नियुक्त गरिएको हो । नवनियुक्त महानिरिक्षक ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरिक्षक हुन्

उनि प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा बढुवा भएका हुन् ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।