३० बर्षको सेवाअवधी सक्काएर नेपाल प्रहरीबाट विदा भए सर्वेन्द्र खनाल (तस्वीरमा हेर्नुहोस् )

दियोपोस्ट संवाददाता

काठमाडौँ, माघ २८ । निवर्तमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट अवकाश पाएका छन् । ३० बर्षे लामो सेवाअवधी समाप्त भएपछि उनले मंगलबार अवकाश पाएका हुन् । प्रहरी प्रधान कार्यलयले मंगलबार साँझ नै निवर्तमान आइजिपि भएका खनाललाई विशेष समारोहका साथ बिदाई गरेको छ ।

खनालसँगै तीन एआईजी र १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । अवकाश पाउने तीन एआइजीहरुमा पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यात रहेका छन् । उनिहरु भने मंगलबारको विदाई समारोहमा उपस्थित भएका थिएनन् ।

विदाई समारोहमा निवर्तमान आइजिपी खनालले कार्यकाल सफल रहेको दावि गरेका छन् । आफुले विभिन्न सकारात्मक कार्यमार्फत जनताको आशा र भरोसा जित्ने काम गरेको बताउँदै खनालले नवनियुक्त आइजिपी ठाकुर ज्ञवालीलाई पनि जनताको सेवामा समर्पित भई काम गर्न अनुरोध गरे । उनले आफ्नो ३० बर्षे कार्यकाल समाप्त भएपछि प्रहरी संगठनले सम्मानका साथ बिदाई गर्दा खुशी अनुभव भएको समेत ब्यक्त गरे ।

उनलाई नवनियुक्त आइजिपी ठाकुर ज्ञवालीले विदाई गरेका हुन् । आइजिपी ज्ञवालीले समेत प्रहरी संगठनमा आँच नआउने गरि काम गर्ने प्रतिवद्दता व्यक्त गरे ।

सम्बन्धित खबर

सिफारिस