काठमाडौँ, माघ २९ । नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआइजी) राजेन्द्रमान श्रेष्ठले अस्पतालको बेडबाट नै प्रहरी सेवाबाट निवृत्त भएका छन् । ३० बर्षे सेवाअवधी सक्किएपछि अस्पतालको वेडमा अचेत अवस्थामा रहेका श्रेष्ठलाई मंगलबार प्रहरी सेवाबाट बिदाई गरिएको छ ।
उनलाई नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरिक्षक डा. आशा सिंहले बिदाई गरेकी हुन् । डा. सिंहले राजेन्द्रमानलाई उपचारको लागि राखिएको शैय्यामा पुगि उनलाई फुलमाला लगाइदिएकी हुन् । उनिसँगै सेवानिबृत्त भएका आइजिपी सर्वेन्द्र खनालसहित अन्य प्रहरी अधिकारीहरुको भने मंगलबार नै बिदाई भइसकेको छ ।
नेपाल प्रहरीका उत्कृष्ठ प्रहरी अधिकारीको रुपमा परिचय बनाएका श्रेष्ठ २०७३ साल साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै बेहोस भएर ढलेका थिए । मुटुको धड्कन केही समय रोक्किएको कारण मष्तिस्कमा गहिरो असर परेको छ । उनको मष्तिस्कबाहेक सबै अंग सामान्य रहेको छ ।
श्रेष्ठलाई गत भदौमा एसएसपीबाट डिआइजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यलयले बिशेष पद सिर्जना गरि अचेत अवस्थामा नै उनको बढुवा गरिएको थियो ।
वि.स २०४६ साल फागु २८ देखि प्रहरी सेवामा भर्ना भएका राजेन्द्रमान श्रेष्ठ शुरुदेखि नै टप थ्री मा थिए । निवर्तमान आइजिपी सर्वेन्द्र खनाल, पुर्व प्रहरी अधिकारीहरु रमेश खरेल र पुष्कर कार्की उनकै ब्याचका प्रहरी अधिकारीहरु हुन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।