काठमाडौँ, फागुन ४ । इंग्लिसस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई १–० गोलले हराएको छ । जीतसहित लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाएको छ ।
बेन्चबाट मैदान छिरेका उनले खेल सकिन १२ मिनेट अगाडी गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए । कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
लिभरपुललाई उपाधि जित्न अब बाँकी १२ खेल मध्य मात्र ५ खेलमा जित चाहिएको छ ।
उसले चालू लिगमा मात्र दुई अंक गुमाएको छ । लिभपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग २५ अंकको अग्रता कायम गरेको छ ।
चोटका कारण पछिल्लो दुई खेल गुमाएका मानेले मैदान फर्कदै गोल गर्न सफल रहे । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ । म्यान्चेष्टर सिटीको ५१ अंक छ ।