ईन्ज्यूरी समयमा टोटनह्याम चम्किँदा एस्टन भिल्ला पराजित

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले संघर्षपूर्ण जित निकालेको छ ।आइतबार भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो । तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २–१ को अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए ।

जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेको छ । टोटनहम लिगको पाँचौं स्थानमा रहेको छ । एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

सिफारिस