दलित पत्रकार संघ सुदुर पश्चिम प्रदेश भेला सम्पन्न, रमा भट्टराई जैरु अध्यक्षमा चयन

दियो पोस्ट  

धनगडी । रााष्ट्रिय दलित पत्रकार संघ नेपालको सुदुर पश्चिम प्रदेश भेला आइतबार सम्पन्न भएको छ । भेलाले रमा भट्टराई जैरुको अध्यक्षतामा १२ सदस्यीय प्रदेश समिति गठन समेत गरेको छ । समितिको उपाध्यक्षमा गणेश रोक्का, सचिबमा शेरबहादुर सार्की, सहसचिवमा रमेश गन्धर्व वादी, कोषाध्यक्षमा सुनिता बिक चयन भएक छन् ।

त्यस्तै, सदस्यहरुमा आकाक्षी पाल्पाली, सोधा नेपाली, सुवास नेपाली, बिक्रम भुल, सुरेश तोलाङ्गी र लालबहादुर चुनारा रहेका छन् । समितिको सल्लाहकारमा हेमकर्ण बिक, हरिश बिक, शर्मिला बागचन्द र गणेश नेपाली रहेका छन् ।