हङकङको सुपरमार्केटबाट ६ सय रोल ट्वाइलेट पेपर लुटियो

दियो पोस्ट  

एजेन्सी । कोरोनाभाइरसले महामारीको रुप लिएपछि चीनमा आतंक फैलिएको छ । भाइरसबाट जोगिनका लागि मास्क, ट्वाइलेट पेपर र हात धुने स्यानिटाइजरको अभाव भएको छ । मानिसहरुले आवश्यकताभन्दा धेरै बढी उक्त सामाग्रीहरु संकलन गरेर राख्न थालेपछि बजारमा अभाव भएको हो ।

चीन प्रशासित हङकङमा ट्वाइलेट पेपर नै चोरी भएको छ । सोमबार दिउँसो हतियारधारी समुहले एक सुपरमार्केटमा चक्कु देखाएर ट्वाइलेट पेपर लुटेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । उनिहरुले ६ सय रोल ट्वाइलेट पेपर लुटेका हु्न् । प्रहरीले केही समयमा उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

हङकङमा ट्वाइलेट पेपर अभाव भएको कारण उनिहरुले लुटपाट गरेका थिए । बजारमा ट्वाइलेट पेपर किन्नेहरुको ताँती भएको कारण उनिहरुले गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका सुपरमार्केटका कर्मचारीलाई चक्कु देखाएर उक्त ट्वाइलेट पेपर लुटेका हुन् ।

चीन सरकारले भने बजारमा कुनैपनि सामाग्री अभाव नभएको बताएको छ ।