
काठमाडौँ, फागुन ६ । टिप्परको ठक्करबाट काठमाडौँमा एक जनाको मृत्यु भएको छ । काठमाडौँको शंकरापुर नगरपालिका–६ ढोल्लामा एक सुस्त मनस्थितिका ब्यक्तिलाई ना १ क ४५६४ नम्बरको टिप्परले ठक्कर दिएको हो ।
मृत्यु हुनेमा सोही ठाउँका ४० बर्षीय प्रविण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रातिको समयमा सडक पेटीमा सुतिरहेको अवस्थामा टिप्परले ठक्कर दिएको स्थानीहरुले बताएका छन् ।
टिप्परको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठको उपचारको क्रममा साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।