एजेन्सी । अफगानीस्ताको पश्चिम हेरात प्रान्तमा एक जना जिल्ला न्यायधीशको हत्या भएको छ । सोमबार हेरातको इन्जिल जिल्लाका न्यायधीश रहिम अजिमीलाई तालिवान लडाकु समुहले गोली हानी हत्या गरेको स्थानीयहरुले बताएका छन् ।
हेरातमा तालिवानी आतंककारीहरुको ज्यादती बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् । तालिवानी लडाकुले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरेको भएपनि व्यवहारमा भने ठिक विपरित प्रवृत्ती देखिन थालेपछि जनता र सरकारमा चिन्ता बढ्न थालेको हो ।
यसअघि कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिवान समुहको आक्रमणमा दुईजना प्रहरी अधिकृतहरु मारिउका थिए । अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन् ।