एजेन्सी । चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या २ हजार ४ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार संक्रमित थप १ सय ३६ जनाको मृत्यु भएको छ ।
मङ्गलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जना हुबेई प्रान्तका रहेका छन् । देशभर थप १ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १६ सय ९३ जना हुबेई प्रान्तका रहेका छन् । देशमा कोरोनाभाइरसबाट हालसम्म ७४ हजार १ सय ८५ जना संक्रमित भएका छन् ।
यता, हङकङमा दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । गत फेब्रुअरी १४ मा यस रोगको संक्रमण पुष्टि भएपछि प्रिन्सेस मार्गरेट अस्पताल भर्ना भएका ७० वर्षीय वृद्धकाे मृत्यु भएको छ । योसँगै हङकङमा ६२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने दुई जनालाई ज्यान गुमाएका छन् ।
उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । त्यहाँ थप १५ जना कोरोनाभाइरस संक्रमित फेला परेको जनाइएको छ । योसँगै कोरियामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४६ पुगेको छ । यसबीच रुसले फेब्रुअरी २० देखि चिनियाँ नागरिकहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोभिड–१९ को संक्रमण नियन्त्रणबाहिर नरहे पनि अवस्था खतरनाक भएको बताएका छन्
ट्रेन्डिङ खबर उपलब्ध छैन।