बजार सरसफाई गरि धादिङमा मनाइयो ७० औँ प्रजातन्त्र दिवस

दियोपोस्ट संवाददाता

धादिङ, फागुन ७ । प्रजातन्त्र दिवसको अवसर पारि धादिङबेशीमा बजार सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

बुधबार बिहानदेखि धादिङवेशी बजारक्षेत्रमा सरसफाइ गरि ७० औँ प्रजातन्त्र दिवस मनाइएको हो ।

प्रजातन्त्र दिवस मुल समारोह समिति धादिङको आयोजनामा भएको सरसफाइ कार्यक्रममा विभिन्न सरकारी कार्यलयका कर्मचारीहरु, संघसंस्थाका कर्मचारी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, टोल सुधार समिति तथा स्थानीयहरुको सहभागितामा नीलकण्ठ नगरपालिका–३ धादिङवेशीमा सरसफाई कार्यक्रम गरिएको हो ।