
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन आज मंगलवार १४ सय विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय दशमलव १ विन्दुमा पुगेको छ भने २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भएको छ ।
निकै उतार चढापपूर्ण रहेको मंगलबारको बजार सकारात्मक भएर बन्द भएको हो। पछिल्लो दुई दिनमा लगातार ५६ अंकको उच्च वृद्धिसँगै मंगलबार बजारमा करेक्शनको अपेक्षा गरिएपनि बजार पुन १.७७ बिन्दुले बढेको छ । यससँगै पछिल्लो ३ दिनमा नेप्से ५८।०३ अंकले बढेको छ । यसअद्धि गत बिहीबार सामान्य अंकको गिरावट आएपनि यस साता नेप्सेमा वृद्धि कायम नै रहेको छ ।
आज १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २० हजार ८५९ पटक खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब १२ करोड ५९ लाख ७७ हजार रुपैयाँ पुगेको हो। सोमबार १ अर्ब ८८ करोड ४४ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार थप २४ करोड १५ लाख रुपैयाँले कारोबार बढेको हो।