च्याम्पियन्स लिगः घरेलु मैदानमै हार्यो टोटनह्याम, अघिल्लो चरण कठिन

दियो पोस्ट  

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार राति १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० ले हराएको छ । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

खेलको ५८ औं मिनेटमा टिमो वार्नरले पेनाल्टीमा गरेको गोल लिपजिगलाई पहिलो लेगमा जित दिलाए । कप्तान ह्यारी केन र सन ह्युङ मिनलाई चोटका कारण गुमाएको टोटेनहमले जर्मन क्लबबिरुद्व जित निकाल्न सकेन ।

पहिलो लेगमा जर्मन क्लबले प्रभावशाली प्रर्दशन गर्दै टोटेनहमबिरुद्व आक्रमक खेल पस्किएको थियो । तर घरेलु टोलीका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट खेल प्रर्दशन गर्दै थप गोल हुन भने दिएनन् ।

दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा हुनेछ ।