काँग्रेस सभापती देउवाले दिए महाशिवरात्रीको शुभकामना

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ९ । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले महाशिवरात्री पर्वको शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश जारि गर्दै सभापती देउवाले सम्पुर्ण हिन्दु धर्मावलम्वीहरुमा सुख, शान्ती, समृद्धी र सफलताको शुभकामना प्रकट गरेका छन् ।

‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहरहरु हुन् ।’

नेपाली जनताको दशकौं देखिको त्याग र बलिदान स्वरुप मुलुकले प्राप्त गरेको नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सके भने मात्र मुलुकलाइ शान्त, समृद्ध र समुन्नत बनाउन सकिने उनले बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस