सुनको मुल्यमा नयाँ कीर्तिमान, तोलाको ७८ हजार १ सय

दियो पोस्ट  

काठमाडौँ, फागुन ९ । सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदीको मूल्य भने प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको सुन शुक्रबार बढेर प्रतिऔंस १६ सय २८ अमेरिकी डलरमा पुगेको छ।