चीनबाट फिर्ता लगिएको युक्रेनी नागरिक चढेको बसमा स्थानीयद्धारा आक्रमण

चीनबाट फिर्ता लगिएको युक्रेनी नागरिक चढेको बसमा स्थानीयद्धारा आक्रमण

एजेन्सी । युक्रेनमा चीनबाट फिर्ता लगिएको नागरिकहरु चढेको बसमा आक्रमण भएको छ । चीनबाट फर्काएर क्वारेन्टाइनका लागि लगिँदै गर्दा प्रदर्शनकारीहरुले बसमा ढुंगामुढा गरेका छन् भने सडक अवरुद्ध गरेका छन् ।

पुर्वी युक्रेनको कार्किभमा क्वारेन्टाइनका लागि ६ वटा बसमा लगिँदै गरिएको ४५ नागरिकहरुमाथि आक्रमण भएको त्यहाँको संचार माध्यमहरुले जनाएका छन् । उनिहरुले युक्रेनमा पनि कोरोनाभाइरस फैलाउन सक्ने भन्दै विरोधस्वरुप स्थानीयले आक्रमण गरेका हुन् ।

बिहीबार चिनको वुहान शहरबाट ४५ युक्रेनी र २७ विदेशी नागरिक ल्याइएको थियो ।

युक्रेन सरकारले भने उद्धार गरेर ल्याइएको व्यक्तिहरु कसैमा पनि कोरोनाभाइरस नभएको भन्दै सबैलाई सद्भाव देखाउन आग्रह गरेको छ ।

Trending News