यी हुन् एमसीसीका सात नेपाली एजेन्ट : अर्थ मन्त्रालयका सचिवदेखि कुलमान घिसिङसम्म !

यी हुन् एमसीसीका सात नेपाली एजेन्ट : अर्थ मन्त्रालयका सचिवदेखि कुलमान घिसिङसम्म !

काठमाडौं, ११ फागुन । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी मार्फत नेपाल सरकारले भित्र्याउन लागेको करिब ५५ अर्ब रुपैयाँबारे चौतर्फी विरोध जारी छ । चौतर्फी विरोध पश्चात सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अध्ययन र सुझाव दिन पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा कमिटि नै गठन गर्यो । समितिले शनिबार सचिवालय बैठकको क्रममा लामो प्रतिबेदन नै बुझायो । जसमा एमसीसीमा घातक बुँधाहरु रहेको भन्दै अस्विकार गर्ने र संशोधन गरेर मात्रै संसदबाट पारित गर्न सिफारिस गर्यो ।

नेपालमा अत्यन्तै विवादीत बनेको एमसिसीमा भने नेपालकै सरकारी कर्मचारी हरु एजेन्टका रुपमा क्रियाशिल छन् । एमसीसी मातहतकै शाखा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालको अध्यक्षमा नेपाल सरकारका एक सचिव नै अध्यक्ष रहेको पाइएको छ । केही दिन अघि मात्रै सरकारले अर्थमन्त्रालयको सचिवमा नियुक्त गरेको शिशिर कुमार ढुंगाना नै एमसीसीको एजेन्ट रहेको पाइएको हो ।

उनी उक्त संस्थाको नेपाल च्याप्टरको अध्यक्ष हुन् ।

त्यस्तै नेपाल सरकारको उर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवाल भने सदस्य रहेका छन् । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देल पनि एमसिसि नेपाल च्याप्टरको सदस्य छन् ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेत एमसीसीको नेपालको एजेन्ट रहेको उक्त संस्थाको वेभसाइटमै देख्न सकिन्छ ।

त्यस्तै नेपाल हाइड्रोपावर कम्पनिका अध्यक्ष कुमार पाण्डे पनि एमससीसीका नेपालका एजेन्ट हुन् ।
उनलाई नीजि क्षेत्रको प्रतिनिधिको रुपमा राखिएको छ ।

त्यस्तै गोरखापत्रका प्रधानसम्पादक गोपाल खनाल पनि एमसीसीका नेपालका एजेन्ट हुन् । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहाकार समेत रहेका खनाल कुनै समय कान्तिपुर दैनिकमा समेत कार्यरत थिए ।

त्यस्तै नेपाली कांग्रेस निकट खड्क बहादुर विष्ट एमसीसी नेपाल च्याप्टरका सदस्य सचिव छन् ।

Trending News