रेड पाण्डाको छाला सहित काठमाडौँबाट चारजना पक्राउ

दियो पोस्ट  

काठमाण्डौं । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार तथा अबैध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई कपन खरिबोट एरियाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ४ बालाजोर स्थायी घर भई हाल काठमाण्डौं जिल्ला कपन पैयुटार बस्ने ३९ बर्षीय सुर्य बहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका वडा नं ७ झाप्रे घर भई ललितपुर ढोलाहिटी बस्ने ४० बर्षीय सुक बहादुर लामा, कास्की जिल्ला मादी गाउँपालिका वडा नं ८ तारकाङ स्यायी घर भई हाल काठमाण्डौंको गौशलामा बस्दैै आएका ३७ बर्षका युबराज सापकोटा र काठमाण्डौं जिल्ला बुढानिलकण्ठ नगर पालिका वडा नं १३ कपनकी ४० बर्षीया कमला तामाङ रहेका छन् ।

नीजहरुको शरीर खानतलासी गर्ने क्रममा सुर्य बहादुर भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १ फेला पारी पक्राउ गरी आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको ।

सिफारिस