अमेरिकी दूतावासको नक्कली कर्मचारी बनेर ठगी गर्ने खड्का पक्राउ

दियो पोस्ट  

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भएको दाबी गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार बिहीबार दिउँसो खड्का पक्राउ परेका हुन् । थापाका अनुसार खड्काले दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भएको बताएर लाखौं रुपैयाँ ठगी गरेका थिए । उनी संलग्न ठगीका श्रृंखलाबारे विस्तृत अनुसन्धान भइरहेको थापाको भनाइ छ ।