काठमाडौं, १९ माघ । अभिनेत्री करिश्मा मानन्धरले नयाँ चलचित्र ‘बनवास’ निर्माण गर्ने भएकी छन् ।
उनले आफ्नी छोरी कविता मानन्धरलाई लिएर चलचित्र बनाउन लागेकी हुन् । छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा पनि काम गरेकी छन् ।
आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको निर्माण घोषणा गरेकी हुन् । चलचित्रले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।
चलचित्रको निर्देशन सुशिल क्षेत्रीले गर्ने भएका छन् । चलचित्रमा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ ।
चलचित्रको बिषयमा करिश्मा मानन्धरले भनिन्–‘हो, हामी चलचित्र बनाउने तयारीमा छौं । यो ठूलो बजेटको चलचित्र होइन । तर, अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ भन्ने लागेको छ । चलचित्रको काम वैशाखबाट सुरु हुन्छ ।’