काठमाडौ, २१ माघ । नेकपाको प्रचण्ड नेपाल समूहले भोलि बिहीबार आमहड्ताल गर्ने भएको छ।
यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।
सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो।