७ सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, २१ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

बुधवार दुबईबाट नेपाल एयरलाइन्सको फ्लाइट नम्बर २३० विमानबाट विमानस्थल उत्रिएका धिरोन्द्र महतोको लगेज चेकजाँच गर्ने क्रममा सो परिमाणको सुन फेला पारेको विमानस्थल प्रहरीले जनाएको छ ।

उनको साथबाट २ वटा आइफोन र २ वटा घडिसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस