
चितवन । अखिल नेपाल ट्रेडयुनियन निकट संयुक्त एम्बुलेन्स चालक संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाको चितवनमा भएको कार्यक्रममा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि थिए ।
मंगलबार भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत सहभागी कार्यक्रम निकै भव्य भएको धादिङका अध्यक्ष भेषराज ठकुरीले बताए ।
एम्बुलेन्सलाई व्यवस्थित रुपमा चलाउन धादिङमा रहेको संयुक्त एम्बुेन्स चालक समाजलाई मेडिसिटि अस्पतालले ओकेटोके सेट सञ्चालन गर्ने रिपिटर टावर उपलब्ध गराउने भएको छ । यो संगै धादिङका एम्बुलेन्स चालकहरु अब ओकेटोकेमा जोडिने भएका छन् ।