चितुवाको टाउको र दाह्रा सहित काठमाडौंबाट ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं, २५ माघ । संरक्षित वन्यजन्तु चितुवाको टाउको सहित काठमाडौबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउपालिका९६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका९१२ घर भएको २० वर्षीय सुजन थिङ र सोहि ठाउँबस्ने १८ वर्षीय मिङमार मोक्तान रहेका छन् ।

विषेश सुचनाका आधारमा पक्राउ परेका उनिहरुलाई खानतलासी गर्दा संरक्षित चितुवाको १ थान दाह्रा सहितको टाउकोको बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडीरहेको बेलामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन९२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डौ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर