“मिस्टर ओली तपाईंको खुट्टी हेरेर हामीले थाहा पाइसक्यौँ, तपाईंको जमानत जफत हुने छ : झलनातथ खनाल

दियो पोस्ट  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्।

अबको दुई वर्षमा निर्वाचन हुने र त्यसबेला ओलीको जमानत जफत हुने दाबी खनालले गरे।

आज काठमाडौंमा आयोजित विरोध सभामा बोलेका खनालले भने, ‘मिस्टर ओली तपाईंको जमानत जफत हुनेछ। दुई वर्षमा चुनाव हुनेछ। दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ।’

भाषणका क्रममा उनले भँगेरोको कथा सुनाए, ‘एउटा भँगेरो उडेर बाँसको टुप्पोमा गएर बसेछ । त्यही बेला कोही मानिसले बाँसलाई नुहाइदिएछ ।

भँगेरो उडेर आमा भएठाउँ गएर भनेछ– आमा म त धेरै वजनदार भइसकेँ । म बाँसको टुप्पोमा बस्दा त्यो नुहियो । तब आमाले भनिछे– हो बाबु तेरो खुट्टी हेर्दै थाहा भयो’, त्यसपछि उनले भने, ‘मिस्टर केपी ओली तपाईंको खुट्टी हेरेर हामीले थाहा पाइसक्यौँ । अबको दुई वर्षपछि हुने चुनावमा तपाईंको जमानत जफत हुने छ ।”

उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।

सिफारिस