
काठमाडौ, ३० माघ । प्रचण्ड–नेपाल नेतृत्वका वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका छन्।
उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वास्थ्य उपचारका लागि गएका हुन्।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने ‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’।
४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको सचिव कृष्ण भट्टराईले जानकारी दिए ।