कलाकारहरु हातमा साङ्लो बाँधेर स्रष्टा आन्दोलन

कलाकारहरु हातमा साङ्लो बाँधेर स्रष्टा आन्दोलन

काठमाडौ, ३० माघ । शुक्रबार संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् ।

भृकुटीमण्डपबाट सुरु भएको सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन बसन्तपुरसम्म पुगेको थियो ।

त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, दयाहाङ राई लगायत सहभागी छन् ।

Trending News