काठमाडौं, १० फागुन । ललितपुरको जावलाखेलमा ट्राफिक चेकिङमा परेकी महिलाको बसको ठक्करबाट मृत्यु भएको छ।
बा २ ख ३५७४ नम्बरको बसले प्र ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक एसपी प्रज्वल महर्जनले जानकारी दिए।
स्कुटर चालक अन्दाजी ३३,३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।