रविको नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण ११, २०७७ | १६:३८:५८

काठमाडौं, ११ फागुन । संञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन  ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषण गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमै पहिलो फोरके प्रविधिमा आधारित टेलिभिजन भएको जानकारी दिए ।

यस अघि न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनता सँग कार्यक्रम सञ्चालन गरेका थिए । उनको यो कार्यक्रम निकै लोकप्रिय रहेको थियो ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपुर मनोरञ्जन पनि दिने बताए ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन ।

सम्बन्धित खबर