चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका नुवाकोटका पाण्डे पक्राउ

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण १०, २०७८ | १७:१७:०१

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले बैंकिङ कसुरमा फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ घर भएका राम प्रसाद पाण्डेलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले गत माघ २ गते पाण्डेलाई ५ दिन कैद र २२ लाख रुपैयाँ विगो जरिवाना हुने ठहर गरेको भएपनि उनी फरार थिए । फरार रहेका उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौंको तारकेश्वरस्थित मनमैजुमा श्रृष्टि प्रफुल सप्लायर्स संचालन गरि बस्ने ४३ वर्षिय पाण्डेले आफ्नो खातामा रकम नभएको जानी जानी एक पीडितलाई एनआइसी एसिया बैंकको २२ लाख रुपयाँको चेक दिएका थिए ।

सोही चेक नसाटिएपछि पीडितले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले उनलाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

सिआइबीका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि सोमबार नै पेश उच्च अदालत पाटनमा पेश गरिएको छ ।

 

सम्बन्धित खबर