गठबन्धन सजिलै टुट्न दिदैनौँ : प्रचण्ड

दियो पोस्ट  

रीता बुढाथोकी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसिका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संबिधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने कसम खाएर बनाइएको गठबन्धन सजिलै नटुट्ने बिस्वास ब्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमन र प्रतिक्रान्तिकारी तत्वले जनयुद्ध र जनआन्दोलनका उपलब्बधीलाई उल्ट्याउने षड्यन्त्र गरेको बताए । उनले भने, ‘जनयुद्धका उपलब्धीलाई उल्ट्याउने कोशिस पनि भए । हामी एउटा गठबन्धनको रुपमा र एउटा नयाँ सरकारको रुपमा फेरि एकचोटी साझा न्युनतम कार्यक्रम बनाएर उत्पीडत वर्ग, जाती, समदायका जनताको हक अधिकारलाई ब्यवस्थित बनाउने कोशिस गर्दै छौँ । यसैक्रममा एउटा एमसिसि भन्ने परियोजनाले कतै लामो संघर्ष र धेरै ठुलो मेहनत पछि प्राप्त उपलब्धी गुम्ने त होइन भन्ने स्थिति आजको दिनमा देखा परेको छ ।’

अहिलेको गठबन्धन संबिधानको रक्षा, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न राष्ट्रियताको रक्षाका लागि भएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन निर्माण गर्दा कतै पनि एमसिसिको बिषय उल्लेख नभएको प्रस्ट पारे । उनले भने, ‘गठबन्धन र सरकार बनिसके पछि साझा न्यूनतम कार्यक्रममा पनि कहिँ कतै एमसिसिको बारेमा उल्लेख गरिएको थिएन । यथस्थिथितिमा बिना संसोधन बिना परिमार्जन एमसिसिलाई समर्थन गर्न सकिदैँन भन्ने धारणा हामीले प्रस्टसंग राख्दै आएका हौँ । तर, आजको दिनमा एमसिसिकै कारणले गठबन्धन नै टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति बनेको छ र त्यसलाई रोक्नु पर्ने छ ।’

अध्यक्ष प्रचण्डले कुनै प्रकारको प्रतिगमनकारी गठबन्धन आउन नदिन र यही गठबन्धनलाई जोगाई राख्न आफुहरु लागि परेको बताए । उनले जनयुद्धको स्मरण गर्दै जनयुद्धमा पहिलोपटक सहादत प्राप्त गर्ने शहिद दिलबहादुर रम्तेलको सम्झनामा अक्षयकोष निर्माण गर्ने घोषणा समेत गरे ।

तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि वि.सं.२०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए । रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

ट्रेन्डिङ