कथाकार सत्या अधिकारीको लघुकथा संग्रह ‘उमङ्ग’ सार्वजनिक

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण १५, २०७८ | १६:०१:२९

काठमाडौँ । कथाकार तथा साहित्यकार सत्या अधिकारीद्वारा लिखित लघुकथा ‘उमङ्ग’ सार्वजनिक भएको छ । हाम्रो लघुकथा पाठशालाद्वारा आयोजित तथा अक्षरधाम प्रा.लि.द्वारा प्रकाशित सो कथा संग्रहको शनिवार  एक कार्यक्रमका बीच बिमोचन गएिको हो । ।

कार्यक्रममा बेल्दै प्रमुख अतिथि तथा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठले लघुकथाको श्रेत्रमा ‘उमङ्ग’ कथा संग्रह अत्यन्तै शसक्त र उत्कृष्ट कथा संगह भएको भन्दै लेखकको प्रसंशा गरे । उनले साहित्यले समाज परिवर्तन गर्नु पर्ने बताउँदै ‘उमङ्ग’ कथा संग्रह समाज परिवर्तनको संवाहक बनेर उदाएको बताए । अक्षरसंग खेल्ने मान्छे सधै असल हुने दाबी गर्दै उनले कथामा मानवीय जीवनका बिषय बस्तु हुनु पर्ने औल्याए ।

कथा संग्रह ‘उमङ्ग’को चर्चा गर्दै बरिष्ठ साहित्यकार डाक्टर शेखर कुमार श्रेष्ठले लघुकथाका क्षेत्रमा ‘उमङ्ग’ कथा संग्रहले नयाँ आयाम बोकेको बताए । उनले कथाकार अधिकारीलाई शुभकामना दिँदै ‘उमङ्ग’ कथा संग्रहले महिला साहित्यकारको कमी पुरा गरेको बताए ।

कार्यक्रममा लघुकथाकार तथा अग्रज साहित्यकार ध्रुब मधुकर्मीले कथाकार अधिकारीको लेखन र कथा संग्रहमा समेटिएका कथाका बिषयबस्तु उत्कृष्ट भएको भन्दै प्रसंसा गरे । बिद्यार्थी जीवनदेखि नै साहित्य क्षेत्रमा रुची भएकी अधिकारीको यो पहिलो साहित्यिक कृति हो ।

यद्यपी, बिभिन्न पत्रपत्रिकामा भने उनका कैयौँ कथाहरु प्रकाशित भइसकेका छन् । यस कृतिमा भने जम्मा ५६ वटा लघुकथाहरु समावेश गरिएको छ ।

 

सम्बन्धित खबर