काठमाडौं । बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका एक शोभाकान्त ढकाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्क्षीकरणको रिटमा यस्तो आदेश दिएको हो। यस मुद्दामा थुनामा रहेका उनी एक मात्र अभियुक्त थिए।
२७ माघ २०७७ मा ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यो आदेशविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उनलाई थुनामुक्त गर्ने विषयमा ०७८र०१र२४ मा फैसला गरे पनि राय बाझिएको थियो।
ललितानिवास मुद्दामा उनीमाथि २ वर्ष कैद सजाय माग गरिएकोमा २८ माघमै उनी पुर्पक्षका लागि जेल चलान भएको २ वर्ष पुगिसकेको छ।