निशा अधिकारीले हालिन् क्रिकेटर शरदविरुद्ध अंशवण्डाको मुद्दा

दियो पोस्ट  

काठमाडौं । क्रिकेटर शरद भेषवाकरकी पत्नी तथा अभिनेत्री निशा अधिकारीले अंशवण्डाको मुद्दा दायर गरेकी छिन् ।

निशाले काठमाडौं जिल्ला अदालतमा पति भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी हुन् ।

उक्त मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो ।

निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गरेकी छन् । उनले भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । प्रेम सम्बन्धमा रहेका निशा र शरदले विसं २०७४ मा विवाह गरेका थिए ।

विवाहको एक वर्षपछि निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । सम्बन्ध विच्छेदको मुद्दा दायर नगरे पनि अंश मुद्दाका कारण यी दुईजनाबीचको सम्बन्धमा दरार आएको देखिन्छ ।