सर्वोच्चले भन्यो– प्रधानमन्त्रीलाई बिहीबार अदालत बोलाइएको होइन

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो। संक्रमणकालीन न्याय प्रक्रियासँग जोडिएर उनीविरुद्ध सार्वजनिक सरोकारको रिट दायर भएको हो।

रिट दर्ता भएसँगै मिडियसहित सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डलाई विहीबार उपपस्थित हुन भनिएको कुरा वास्तविक नरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताएका छन् ।

उनका अनुसार मुद्दाको प्रक्रिया नै नबुझी यस्तो तर्क गरिरहेको देखिन्छ। प्रधाननमन्त्री प्रचण्डविरुद्ध मुद्दा दायर भएसँगै एउटा पत्रमा चर्चापरिचर्चा भइरहेको छ। अधिवक्ता आरणले निवेदन दर्ता भएपछि पाएको पत्र राख्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्री प्रचण्डलाई बोलाएको तर्क गरिहेका छन्।

बिहीबार पहिलो पेसीमा विपक्षी हाजिर हुने होइन। निवेदकलाई पेसी तोकिएको हो। निवेदकले आफू सर्वोच्च आउनुपर्ने कारण र आधारसहित आफूले माग गरेको निवेदनमा बहस गर्ने हो।

उक्त दिन एकल इजलासमा एक पक्षीय बहस हुने छ। विगतको अभ्यास पनि यही हो। पहिलो सुनुवाइमा निवेदकले बहस गरेपछि विषयवस्तुको गम्भीरता र अपुरणीय क्षतिलाई हेरेर अन्तरिम आदेश, अग्राधिकार लगायतका आदेश जारी गर्ने छ।

 

सिफारिस