राष्ट्रपति निर्वाचनः राप्रपामा तटस्थ बस्नुपर्ने मत बलियो

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क छ ।

एक नेताका अनुसार अध्यक्षसहित केही नेताले बोल्न बाँकी छ ।