रञ्जिता उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य

दियो पोस्ट  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् । पार्टीले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।

संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।