युएईले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले एक सय रन पूरा गरेको छ ।
१७औँ ओभरमा चार विकेटको क्षतिमा नेपालले सय रन पूरा गरेको हो । यसबीच ओपनर कुशल भुर्तेल पाँचौँ अर्धशतक बनाएर आउट भएका छन् ।
आक्रामक ब्याटिङ गरेका कुशलले ३५ बलमा ५० रन बनाए । यसक्रममा उनले चार छक्का र तीन चौका प्रहार गरे । राम्रो रन बनाइरहेका वेला जुनैद सिद्धिकीको बलमा विकेटको पछाडि समातिए ।
कुशल पनि आउट भएपछि नेपाल संकटमा परेको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भइसकेका छन् । २५ बलको सामना गरेका रोहितले तीन चौका प्रहार गरे । उनी सातौँ ओभरमा आउट भए । त्यसअघि नेपालले दोस्रो ओभरभित्रै दुई विकेट गुमाएको थियो ।