साफ यू–१७ महिला च्याम्पियनसिप: आज रुसको सामना गर्दै नेपाल

दियो पोस्ट  

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज युरोपियन टोली रुसको सामना गर्दैछ।

खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली समयानुसार बेलुका ७ बजे सुरु हुनेछ।

यसअघिका २ खेलमध्ये एउटामा हार र अर्कोमा जित निकालेको नेपाल रुसमाथि पनि जित निकालेर उपाधि होडमा कायम रहन चाहन्छ। रुस पनि आफ्नो अपराजित यात्राको लयलाई कायम राख्दै नेपालमाथि जित निकाल्ने योजनामा हुनेछ।
जारी प्रतियोगिताका प्रतिस्पर्धीमध्ये रुस सबैभन्दा लयमा देखिन्छ। पहिलोपटक दक्षिण एसियामा खेलिरहेको रुसले पहिलो खेलमा बंगलादेशलाई ८(१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा भुटानलाई ९–१ गोलले पराजित गरेको थियो।

नेपाल भने पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने भुटानलाई ५–० गोलले हराएको थियो। ५ राष्ट्रका टोली सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

सम्बन्धित खबर