कुटपिट गरेको भन्दै दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

दियो पोस्ट  

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् ।

शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रीले बताए ।

‘दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो,’ क्षेत्रीले भने ।

वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको बताए । कलाकार दुर्गेश थापा विवादमा पर्दै आएका कलाकार हुन् ।