काठमाडौं । वलिउड अभिनेता अजय देवगन आफ्नो आगामी फिल्म ‘भोला’ को प्रमोशनका लागि ‘द कपिल शर्मा शो’ पुगेका थिए ।
यसैबीच कमेडियन कपिल शर्माले उनीसँगको कुराकानीको प्रोमो क्लिप सेयर गरेका छन् ।
उक्त क्लिपमा कपिलले अजयलाई ‘नाटु–नाटु’ले ओस्कर जितेकोमा बधाई दिएका छन् । अजय देवगनले फिल्म ‘आरआरआर’ को फ्ल्यासब्याक सिक्वेन्समा अभिनय गरेका थिए ।
तर, यो बधाईमा अजयले हास्यास्पद जवाफ दिएका छन् । अजय देवगनले आफ्नो कारणले ‘नाटु-नाटु’ गितले ओस्कार जितेको बताएका छन् ।
यसमा कपिलले कारण सोधेका थिए । जवाफमा अजयले भने, ‘ यदी मैले डान्स गरेको भए ! ’ वास्तवमा, उनी आफ्नो खराब डान्सर भएको तर्फ औंल्याउँदै थिए। फ्यानले उनको यो जोक निकै मनपराए ।
अजय र तब्बुको फिल्म ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ । काठमाडौं । वलिउड अभिनेता अजय देवगन आफ्नो आगामी फिल्म ‘भोला’ को प्रमोशनका लागि ‘द कपिल शर्मा शो’ पुगेका थिए ।
यसैबीच कमेडियन कपिल शर्माले उनीसँगको कुराकानीको प्रोमो क्लिप सेयर गरेका छन् ।
उक्त क्लिपमा कपिलले अजयलाई ‘नाटु–नाटु’ले ओस्कर जितेकोमा बधाई दिएका छन्। अजय देवगनले फिल्म ‘आरआरआर’ को फ्ल्यासब्याक सिक्वेन्समा अभिनय गरेका थिए ।
तर, यो बधाईमा अजयले हास्यास्पद जवाफ दिएका छन् । अजय देवगनले आफ्नो कारणले ‘नाटु-नाटु’ गितले ओस्कार जितेको बताएका छन् ।
यसमा कपिलले कारण सोधेका थिए । जवाफमा अजयले भने, ‘ यदी मैले डान्स गरेको भए ’ वास्तवमा, उनी आफ्नो खराब डान्सर भएको तर्फ औंल्याउँदै थिए। फ्यानले उनको यो जोक निकै मनपराए ।
अजय र तब्बुको फिल्म ‘भोला’ मार्च ३० मा रिलिज हुँदैछ ।