लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गरे माओवादीका २ मन्त्रीलाई बर्खास्त

दियो पोस्ट डेस्क  

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माओवादी केन्द्रबाट सरकारमा सहभागी २ मन्त्रीहरूलाई बर्खास्ती गरिएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका हुन्।

अब प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री छन् । माओवादी केन्द्रले पनि बुधबार नै लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।